images
images
  • सुनको मूल्य महँगियो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं – नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो।

    महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ९९५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images