images
images
  • भिजन लुम्बिनीले लाभांश पारित गर्न बोलायो साधारण सभा

    काठमाडौं – भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने नगद लाभांश पारित गर्न आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।

    कम्पनीले आगामी मंसिर ३ गते बिहीबार रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित दियालो फुडल्याण्ड कालिकानगरमा साधारण सभा आयोजना गर्ने भएको हो । सभा बिहान ९ बजे सुरु हुनेछ ।

    सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको ३.६८४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेस गरिने कम्पनीले जनाएको छ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसअनुसार कात्तिक १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images