images
images
  • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

    काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १८ अर्ब रुपैयाँ नाघेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार विभिन्न बैंकका खातामा आज बिहान ९ बजेसम्म कुल १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ बराबरको रकम मौज्दात रहेको छ ।

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ मौज्दात रहेको छ । त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images