images
images
  • कात्तिक १२ मा कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ

    काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।

    कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण समारोह दिउँसो २ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा आयोजना हुनेछ । समारोहमा सहभागी हुन नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई निमन्त्रणा गरिएको छ ।

    पार्टीको नयाँ कार्यसमितिका सदस्यहरूको शपथ ग्रहण कार्यक्रमले महाधिवेशनबाट चयन भएको नेतृत्वको औपचारिक जिम्मेवारी ग्रहण गर्ने प्रक्रिया अघि बढाउनेछ ।

    यसअघि कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सभापति गगन थापाले पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images