images
images
  • मञ्जुश्री फाइनान्सले २० प्रतिशत लाभांश पारित गर्न कात्तिक २० मा बोलायो साधारण सभा

    काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको कुल २० प्रतिशत लाभांश पारित गर्न १९औँ वार्षिक साधारण सभा बोलाएको छ ।

    फाइनान्सले कात्तिक २० गते शुक्रबार नयाँ बानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा साधारण सभा आयोजना गर्ने भएको हो । सभा बिहान ११ बजे सुरु हुनेछ ।

    सभामा हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गरिनेछ । प्रस्ताव पारित भएमा शेयरधनीले बोनस शेयर र नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्राप्त गर्नेछन् ।

    त्यस्तै, सभाले ४० करोड रुपैयाँ बराबरको ८.७५ प्रतिशत ब्याजदर भएको अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभामा पेस गरिनेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फाइनान्सले कात्तिक ११ गते बुक क्लोज गर्ने जनाएको छ । यसअनुसार कात्तिक १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images