images
images
  • करदाता प्रोत्साहन उपहारमा सहभागी हुने म्याद असोज ३१ सम्म

    काठमाडौं – आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गतेसम्म तोकेको छ ।

    विभागका अनुसार २०८३ असोज १६ देखि ३१ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले शनिबारभित्र विभागको उपहार कार्यक्रमसम्बन्धी वेबसाइटमा खरिद बिलको विवरण प्रविष्ट गर्न सक्नेछन् ।

    उक्त अवधिमा प्राप्त उपहार कुपन कात्तिक १ गते खोलिने र विजेता घोषणा गरिने विभागले जनाएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक उपभोक्ताले तोकिएको समयभित्र खरिद बिलको विवरण प्रविष्ट गर्नुपर्नेछ ।

    विभागले पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य भएकाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उपभोक्तालाई आग्रह गरेको छ । त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न व्यवसायीलाई अनुरोध गरेको छ ।

    विभागले पाक्षिक रूपमा सञ्चालन गर्दै आएको यस कार्यक्रमको उद्देश्य उपभोक्तालाई खरिद बिल लिन प्रोत्साहित गर्नु र व्यवसायीलाई बिक्रीका क्रममा अनिवार्य रूपमा बिल जारी गर्ने बानीको विकास गर्न प्रेरित गर्नु हो ।

    कर प्रणालीलाई पारदर्शी बनाउनुका साथै खरिद–बिक्रीका कारोबारलाई अभिलेखमा राख्न प्रोत्साहन गर्ने उद्देश्यले विभागले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images