काठमाडौं– नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ घटेर २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ।
आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको छ।
आइतबार चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस ४ हजार १८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्






















