images
images
  • लामो अन्योलपछि सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत

    काठमाडौं– लामो समयको अन्योलपछि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

    आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले बजेट प्रस्तुत गरेका हुन्। यसअघि असार १ गते तत्कालीन सरकारले ल्याएको बजेट पारित हुन नसक्दा प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जना भएको थियो।

    बजेटका लागि आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख र वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसैगरी, अघिल्लो बजेटबाट बचत हुने अनुमानित रकम ९ अर्ब ६५ करोड रुपैयाँसहित संघीय अनुदानलाई पनि स्रोतका रूपमा समावेश गरिएको छ।

    बजेट विवाद र सत्ता गठबन्धनभित्र सहमति जुट्न नसक्दा प्रदेश सरकार लामो समय बजेटविहीन बनेको थियो। यसबाट नियमित प्रशासनिक काम, विकास निर्माण र सेवा प्रवाह प्रभावित हुँदै आएका थिए। बजेट प्रस्तुत भएसँगै रोकिएका काम अघि बढ्ने अपेक्षा गरिएको छ।

    प्रदेश सरकारले कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको क्षतिग्रस्त झोलुंगे पुल मर्मतका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ। बाढीका कारण पुलमा करिब २५ प्रतिशत क्षति पुगेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images