काठमाडौं– नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनबाट महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् ।
खुला महामन्त्री तर्फ पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० र राणाले २ हजार ३१० मत पाउँदै विजयी भएका हुन् ।
खुला महामन्त्रीतर्फका अन्य प्रत्यासीहरुमा डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाएका छन् ।
यसैगरी, महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धीद्वय महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस्























