काठमाडौं– नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेर दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर चार हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी तोलाको चार हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















