images
images
  • नेपाली कांग्रेस सभापतिमा गगन थापा निर्वाचित, अन्य पदको मतगणना आज दिउँसोबाट

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् ।आज बिहान पौने ५ बजे उनी निर्वाचित भएको घोषणा गरिएको हो ।

    उनीसंग प्रतिस्पर्धा गरेको सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ ।

    gagan elected tsVDILL8qp

    कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन् । खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ । थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन् ।
    अन्य पदका लागि भएको निर्वाचनको मतगणना भने आज दिउँसोबाट मात्र सुरु हुने निर्वाचन समितिले जनाएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images