images
images
  • निलम्बनमा परेका सशस्त्र प्रहरी बलका एआईजी दाहाल सेवाबाट बर्खास्त

    काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सरकारले बर्खास्त गरेको छ ।

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दाहाललाई सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जानकारी दिएका हुन् ।

    संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले गत १९ असोजमा दाहाललाई पदबाट निलम्बन गरेको थियो । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उनलाई आजैदेखि लागू हुने गरी बर्खास्त गरिएको हो ।

    पदीय आचरणविपरीत कार्य गरेको भन्दै दाहालमाथि विभागीय कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।

    सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरीले दाहाललाई कारबाही गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो । उक्त विषयमा जाँचबुझ गरी प्रतिवेदन पेस गर्न मन्त्रालयले जाँचबुझ अधिकृतसमेत तोकेको थियो ।

    Screenshot 20261009 205032

    प्रतिक्रिया दिनुहोस्
    images
    images