images
images
  • पोलिटब्युरोसहित एमालेका विभिन्न कमिटीलाई पूर्णता दिने तयारी

    काठमाडौं– नेकपा (एमाले)ले पोलिटब्युरो, स्थायी कमिटीसहित पार्टीका विभिन्न कमिटी र सङ्गठनलाई पूर्णता दिने तयारी गरेको छ ।

    शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने स्थायी कमिटी बैठकमा बाँकी रहेका कमिटी तथा सङ्गठनलाई पूर्णता दिने विषयमा छलफल हुने उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

    बैठकमा विभाग, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिने तथा बाँकी केन्द्रीय सदस्य मनोनयन गर्ने विषयमा निर्णय गर्ने तयारी छ ।

    गत पुसमा ११औँ महाधिवेशन गरेको एमालेले अधिकांश कमिटीलाई अझै पूर्णता दिन सकेको छैन ।

    यसअघि बिहीबार बसेको बैठकले आगामी मङ्सिरमा राष्ट्रिय भेला तथा वडा र गाउँपालिका अधिवेशन गर्ने मिति तय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images