काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा विद्यार्थी घाइते भएका छन् ।
सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनाका बेला बसमा करिब २१ जना विद्यार्थी सवार थिए ।
दुर्घटनालगत्तै नेपाल प्रहरीले उद्धार कार्य सुरु गरेको थियो । उद्धार गरिएका पाँच जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ ।
दुर्घटनामा अन्य विद्यार्थीको अवस्था तथा दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















