काठमाडौं– नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले मतदातासँग मत मागेका छन् ।
लाइनमा बसेर मतदातासँग उनले मत मागेका हुन् ।
पार्टीको १५औँ महाधिशेन गत वर्षको मंसिरमै गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गत वर्षको असोजमै गरेको भए पनि नेतृत्वले आलटाल गरेपछि पार्टीलाई विधिको शासनमा डोहोर्याउनका लागि विशेष महाधिवेशन गराएरै संविधान सम्मत बनाएर थापा नेतृत्वमा आएका थिए ।
उनकै नेतृत्वमा पार्टी गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा होमिएको थियो ।
उनले यसपालि पनि समयमै महाधिवेशन गराएर पार्टीलाई विधान सम्मत नै अगाडि बढाएका छन् ।
उनले मत मागिरहँदा मतदाता भने निकै उत्साही देखिए ।
उनीसँग काठमाडौं–६ का श्यामकृष्ण खड्गीले सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
खड्गी पहिलो पटक केन्द्रीय कार्यसमितिमा चुनाव लडिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















