काठमाडौं– सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न छानबिन समितिले सिफारिस गरेको छ ।
गृह मन्त्रालयस्रोतका अनुसार एआईजी अञ्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले दाहाललाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस गरेको हो ।
सिफारिसका आधारमा गृह मन्त्रालयले आवश्यक कागजात तयार गरिरहेको छ ।
बर्खास्तीको अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ ।
प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत समयको निगरानी र सूचना चुहावट गरेको आरोप दाहालमाथि छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेपछि हिरासतमा भेट्न पुगेका दाहालको राणाको मोबाइल परीक्षणका क्रममा भेटिएका सूचनासँग सम्बन्ध देखिएको स्रोतको दाबी छ ।
उनी गत असोज १९ गते निलम्बनमा परेका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















