images
images
  • पोखरा स्कुल बस दुर्घटना : पाँच विद्यार्थीको मृत्यु, उद्धार र उपचार जारी

    काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–२९ माझठानामा स्कुल बस दुर्घटना हुँदा पाँच विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि अस्पताल पठाइएको छ भने घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार दुर्घटनालगत्तै सुरक्षाकर्मी परिचालन गरी उद्धार सुरु गरिएको थियो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ ।

    प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला बसमा चालकसहित २५ जना सवार थिए । तीमध्ये २१ जना विद्यार्थी रहेको बताइएको छ । विद्यार्थी कक्षा १० को परीक्षाको तयारीका लागि अतिरिक्त कक्षा लिन विद्यालय जाँदै थिए ।

    दुर्घटनामा मृत्यु भएका विद्यार्थीको पहिचान खुल्न बाँकी छ । दुर्घटनाको कारण, घाइतेहरूको पछिल्लो अवस्था र बसमा सवार सबैको अवस्थाबारे प्रहरीले थप विवरण सार्वजनिक गरिसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images