काठमाडौं – सरकारले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप एक अर्ब ५० करोड रुपैयाँ अनुदान वितरण गर्ने भएको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेको उनको निजी सचिवालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अनुदान रकम बर्दिया, रौतहट, कैलाली र कञ्चनपुरका उखु उत्पादक किसानलाई वितरण गरिने जनाएको छ । सरकारले उखु उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराउँदै आएको छ ।
सरकारको यो अनुदानले उखु खेतीमा संलग्न किसानलाई उत्पादन लागतको भार कम गर्न र खेतीप्रति आकर्षण बढाउन सहयोग पुग्ने आकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















