images
images
  • कांग्रेस महाधिवेशन : कसले कहाँबाट गर्दैछन् मतदान ?

    काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।

    ज्येष्ठ प्रतिनिधि शोभाकान्त बरालले पहिलो मत खसालेका छन् ।

    महाधिवेशनमा ७,३१७ प्रतिनिधि छन् ।

    उनीहरूले तोकिएको प्रदेश तथा समूहअनुसार मतदान गर्नुपर्नेछ ।

    राष्ट्रिय सभा गृह (क) : वाग्मती प्रदेश

    खुलामञ्च (ख) : कोसी प्रदेश र तराई–मधेस समूह

    हिमाल हल : गण्डकी प्रदेश

    तराई–मधेस हल : मधेस प्रदेश

    पहाड हलस् लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, जनसम्पर्क समिति र भ्रातृ संस्था

    मतदानअघि परिचयपत्र र नामावली रुजु गरिनेछ ।

    मोबाइललगायत निषेधित सामग्री ल्याउन पाइने छैन ।

    मतगणना सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।

    महाधिवेशनले केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।

    मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images