काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका लागि गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ ।
सभापतिमा तीन जनाको उम्मेदवारी परेकोमा थापा र राठौरबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको मात्रै उम्मेदवारी परेकाले दुवै निर्विरोध भएका छन् ।
खुला उपसभापतिका दुई पदका लागि नौ जना र समावेशी उपसभापतिमा पाँच जनाको उम्मेदवारी परेको छ ।
खुला महामन्त्रीका दुई पदमा आठ जना तथा महिला महामन्त्रीमा तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनेको छ भने पदाधिकारी संख्या २६ पुगेको छ ।
यसपटक ७ हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्





















