images
images
  • इरान समर्थित हुथी विद्रोहीद्वारा साउदीको २ विमानस्थलमा आक्रमण, ३ जना घाइते

    काठमाडौं– साउदी अरबका किङ अब्दुल्लाह बिन अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थल (जाजान) र नजरान अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ दुई छुट्टाछुट्टै आक्रमण भएका छन् ।

    आक्रमणमा परी तीन जना घाइते भएको साउदी अरबको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार आक्रमण भएको जानकारी प्राप्त हुनासाथ विशेषज्ञ टोलीले तत्काल घटनास्थलमा पुगेर आवश्यक कारबाही गरेको थियो ।

    प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणका कारण विभिन्न गम्भीरताका तीन जना घाइते भएका छन् भने भौतिक क्षतिसमेत भएको छ । घाइतेहरूलाई आवश्यक उपचारका लागि अस्पताल लगिएको छ ।’

    घटनाबाट भएको क्षतिको मूल्याङ्कन गर्ने काम जारी रहेको प्राधिकरणले जनाएको छ ।

    यात्रु तथा विमानस्थलका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न र साउदी अरबको नागरिक उड्डयन प्रणालीको सुरक्षा तथा संरक्षा कायम राख्न आवश्यक सबै उपाय अपनाइएको पनि प्राधिकरणले बताएको छ ।

    यी आक्रमण हुथी विद्रोहीबाट भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images