images
images
  • असोज २३ देखि दसैँका लागि टिकट बुकिङ खुला

    काठमाडौं – यस वर्षको दसैँमा घर जाने यात्रुका लागि यही असोज २३ गतेबाट टिकट बुकिङ खुला गरिएको छ।

    यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलालगायत पदाधिकारीसहित बसेको बैठकले असोज २३ गतेदेखि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

    बैठकपश्चात् महानिर्देशक पोखरेलले दसैँका लागि यातायात व्यवस्थापनको आवश्यक तयारी पनि भइरहेको जानकारी दिए।

    उनका अनुसार यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सम्बन्धित निकाय, यातायात व्यवसायी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको छ।

    दसैँमा यात्रुलाई अनावश्यक दुःख नहोस्, टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा यात्रा गर्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको विभागले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images