images
images
  • कांग्रेस महामन्त्रीमा चार जनाको उम्मेदवारी दर्ता

    काठमाडौं– नेपाली कांग्रेस १५औं महाधिवेशनमा महामन्त्री पदका लागि हालसम्म ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

    डा.सुनिलकुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

    उनले मंगलबार काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    आइतबारबाट सुरु भएको महाधिवेशनमा नेतृत्व चयनको प्रक्रियाले गति लिएको छ ।

    उम्मेदवारी घोषणा गर्दै डा.शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र संस्थागत सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

    त्यस्तै अर्की कांग्रेस नेत्री डिला संग्रौला पन्तले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी छन् ।

    उनी गत पुसमा भएको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी थिइन् ।

    २०७८ सालको महाधिवेशनमा उनी केन्द्रीय सदस्य थिइन् ।

    उनले पत्रकार सम्मेलन गरी महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

    महामन्त्रीमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पनि उम्मेदवारी घोषणा गरेकी छन् ।

    त्यसैगरी महामन्त्री पदमा रञ्जित कर्णले उम्मेदवारी घोषणा गरेका छन् ।

    सप्तरीबाट महाधिवेशन प्रतिनिधि रहेका कर्ण राष्ट्रिय सभा सांसद पनि हुन् ।

    उनले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    कांग्रेसमा १ महिलासहित ३ महामन्त्री प्रस्ताव गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images