images
images
  • रास्वपा उपसभापतिमा कुमार बेन र महामन्त्रीमा सुनिल लम्साललाई मनोनयन गर्ने तयारी

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनको चार महिनापछि बाँकी पदाधिकारी चयन गर्ने तयारी गरेको छ ।

    स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा सभापति रवि लामिछानेले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनलाई उपसभापति र पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई महामन्त्रीमा मनोनयन गर्न लागेका छन् ।

    यसअघि महामन्त्रीका लागि भूपदेव शाहलाई ल्याउने सहमति भए पनि असहमति देखिएपछि लम्सालको नाम अगाडि बढाइएको हो ।

    विधानअनुसार सभापतिको सिफारिसमा केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्र नियुक्ति औपचारिक हुनेछ ।

    गत असारमा भरतपुरमा सम्पन्न महाधिवेशनबाट रवि लामिछाने सभापति, डा.स्वर्णिम वाग्ले र सोविता गौतम उपसभापति तथा विपिन आचार्य महामन्त्री निर्वाचित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images