images
images
  • इरान–रूस आक्रमणको भयले बेलायती सैन्य अड्डाबाट अमेरिकाले हटायो सबै विध्वंसक विमान

    वासिङ्टन– अमेरिकाले सुरक्षा चिन्ताका कारण बेलायतस्थित सैन्य हवाई अड्डाबाट आफ्ना सबै अमेरिकी विमान फिर्ता अमेरिका पठाएको छ ।

    हवाई अड्डामा सम्भावित आतंकवादी आक्रमणको योजना बनाइएको आशंकापछि यस्तो निर्णय गरिएको हो ।

    अमेरिकी अधिकारीहरूका अनुसार करिब एक दर्जन विमान बेलायतमा तैनाथ थिए ।

    अमेरिकी रक्षा मन्त्रालयले सबै विमान अमेरिकास्थित आफ्ना सैन्य अड्डामा फर्किसकेको पुष्टि गरेको छ ।

    बेलायती हवाई अड्डामाथि इरान–रूसको सम्भावित आक्रमणको योजना बनाएको आशंकामा छ जना संदिग्ध पक्राउ परेपछि अमेरिकी पक्षले सुरक्षा व्यवस्था पुनः मूल्यांकन गरेको हो ।

    अमेरिकी र बेलायती अधिकारीहरूले सम्भावित आक्रमणको प्रयासलाई समयमै विफल पारिएको बताएका छन् ।

    अमेरिकी रक्षा मन्त्रालयले सैन्य सुरक्षाका कारण विमानहरूको आवतजावतबारे वास्तविक समयमा जानकारी सार्वजनिक नगरिएको जनाएको छ ।

    अहिले सबै विमान फिर्ता भइसकेपछि मात्र यसको पुष्टि गरिएको हो । –सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस्
    images
    images