images
images
  • कांग्रेस नेताहरूको व्यस्थापन गर्न १८ पदाधिकारी थप्दै गगन, सह–महामन्त्रीको संख्या १३ पुर्‍याउने तयारी

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पाँच नयाँ पदाधिकारी थपेर पार्टीभित्रको शक्ति सन्तुलन मिलाउने तयारी गरेका छन् ।

    विधान संशोधन समितिले एक वरिष्ठ उपसभापति, एक महिला उपसभापति, एक महिला महामन्त्री र खुलातर्फ दुई सहमहामन्त्री थप्ने प्रस्ताव तयार पारेको छ ।

    समितिका सदस्य ईश्वरी न्यौपानेका अनुसार सभापति थापासँग छलफलपछि प्रस्तावलाई अन्तिम रूप दिएर बन्दसत्रमा प्रस्तुत गरिनेछ ।

    नयाँ संरचनाअनुसार उपसभापति विश्वप्रकाश शर्मालाई वरिष्ठ उपसभापति बनाउने तयारी छ ।

    पुष्पा भुसाललाई उपसभापतिमै निरन्तरता दिने सम्भावना रहेको कांग्रेस नेताहरूको भनाइ छ ।

    हालका महामन्त्रीमध्ये एक जनालाई उपसभापतिमा लैजाने विकल्पमा पनि छलफल भइरहेको छ ।

    पूर्वसह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई महिला महामन्त्री बनाउने तयारी रहेको बताइएको छ ।

    त्यस्तै, जीवन शाही र महेन्द्र यादवलाई सहमहामन्त्रीमा व्यवस्थापन गर्ने सम्भावना रहेको कांग्रेसका एक पदाधिकारीले बताएका छन् ।

    विशेष महाधिवेशनपछि कांग्रेसमा समाहित भएका तथा विभिन्न समूहबाट आएका नेताहरूलाई व्यवस्थापन गर्न थापामाथि दबाब छ ।

    नैनसिंह महर, किशोरसिंह राठौर, भीष्मराज आङ्देम्बे, चन्द्र भण्डारीलगायत नेताहरूको व्यवस्थापन पनि चुनौतीका रूपमा देखिएको छ ।

    कांग्रेसमा सह–महामन्त्रीको संख्या १३ पुर्‍याउने तयारी छ ।

    त्यसमध्ये केही पदाधिकारी दोहोरिने र केही नयाँ नेता प्रतिस्पर्धा तथा मनोनयनबाट आउने सम्भावना रहेको नेताहरूले बताएका छन् ।

    सभापति थापा र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मालाई सर्वसम्मत गराउने प्रयास भइरहेको बताइए पनि अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा भने चुनावी प्रतिस्पर्धा हुने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images