images
images
  • सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु

    काठमाडौं – निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका दुई मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

    आज बिहान करिब ७ः३० बजे काप्रा–बोहरागाउँ–छापाखानी–प्यूठान सडकखण्ड स्तरोन्नति गर्ने क्रममा जेसिबीले माटो खन्ने क्रममा अचानक ढिस्को खसेर तीन मजदुर पुरिएका थिए ।

    मृत्यु हुनेमा सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापा रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।

    रोल्पाका कृष्ण घर्ती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको छ ।

    प्रहरीका अनुसार चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसिबीले सडक स्तरोन्नति गर्ने क्रममा ढिस्को खसेपछि मजदुर पुरिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images