काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले नागरिकका समस्या समाधानका लागि अध्यादेशमार्फत काम अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बर्खे अधिवेशनको अन्तिम दिन शून्य समयमा बोल्दै कार्कीले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ का जग्गा, विकास, बजेट, पूर्वाञ्चल विश्वविद्यालय र शिक्षण अस्पताललगायतका समस्या समाधानमा संसदीय प्रक्रिया ढिलो भएको बताए ।
उनले शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र संस्कृतिसँग सम्बन्धित देशभरका समस्या समाधानका लागि पनि प्रक्रिया सुधार आवश्यक रहेको बताए ।
‘प्रक्रियाको जडताले नागरिकलाई दुःख दिनु हुँदैन,’ उनले भने, ‘अब अध्यादेशमार्फत काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’
संघीय संसद्को चालू अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















