images
images
  • प्रम बालेनका २५ स्वकीय : ५ जनालाई राज्यकोषबाट मन्त्रीसरह करोडौं तलव–भत्ताको सुविधा (सूचीसहित)

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको सल्लाहकार तथा स्वकीय सचिवालयमा २५ जना पदाधिकारी तथा कर्मचारी कार्यरत रहेको विवरण सार्वजनिक भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कुमार ब्यञ्जनकार र असिम शाहलाई मन्त्रीसरह सुविधा दिइएको छ ।

    अवैतनिक स्वास्थ्य सल्लाहकार प्राडा. जगदिशप्रसाद अग्रवाललाई पनि मन्त्रीसरहको सुविधा दिइएको छ ।

    त्यस्तै नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सुविधा दिइएको छ ।

    सचिवालयमा प्रमुख स्वकीय सचिवका रूपमा सुवाष शर्मा तथा स्वकीय सचिवमा नविन भण्डारी छन् ।

    सहसचिवसरहका जिम्मेवारीमा सञ्जिव पाण्डे, दिपा दाहाल, सन्तोष गिरी र विश्व राई छन् ।

    उपसचिवसरह प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्य तथा सहायक विज्ञका रूपमा सुमन गौतम र रवि किरण अधिकारी रहेका छन् ।

    बाँकी कर्मचारी प्रेस, अनुसन्धान, ग्राफिक्स, प्रशासन तथा भिडियोसम्बन्धी जिम्मेवारीमा छन् ।

    1 2 3 4 5 6 7

    प्रतिक्रिया दिनुहोस्
    images
    images