काठमाडौं – नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्याण्डका राजदूत डोनाविट पूल्सावत, सङ्घीय गणतन्त्र ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लिया लिन्स, इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत मोहम्मद आमिर खान, फ्रान्सका राजदूत फ्रान्स्वाज पुइग–इन्जा र गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिअनुसार समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।
नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटस्थित आ–आफ्नो निवासबाट राष्ट्रपति कार्यालयसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेसँगै उनीहरूले नेपालमा आफ्नो कूटनीतिक जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् ।


विश्व खबर 


















