काठमाडौं– युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा रूसले नेपाल र भारतसहित ४७ देशका नागरिकलाई छल र प्रलोभनमार्फत भर्ती गरी युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
उनले ती नागरिकमध्ये कतिपयको युद्धमा ज्यान गएको बताउँदै अन्य देशलाई आफ्ना नागरिकलाई यस्तो प्रक्रियाबाट रोक्न आग्रह गरेका छन् ।
भारतीय विदेश मन्त्रालयका अनुसार २२७ भारतीय रुसी सेनामा भर्ना भएका छन्, जसमध्ये १३९ सेवामुक्त र ५१ को मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















