काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
दोहा हुँदै काठमाडौं आएका ४२ वर्षीय मोहम्मद चेरा थोडीलाई पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको छ ।
त्यस्तै, कतारबाटै आएका बाराका ३३ वर्षीय अनिश अन्सारीलाई पनि ६९.६ ग्राम सुनसहित पक्राउ गरिएको छ ।
दुवै जनालाई सुनसहित प्रहरी वृत्त गौशाला पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















