काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न संविधान पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना दिँदै ओलीले लोकतान्त्रिक, वामपन्थी, देशभक्त तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनमा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
उनले संविधान जारी भएलगत्तै भोग्नुपरेको नाकाबन्दीजस्ता कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरणा दिएको स्मरण गरे ।
साथै, आफ्नो पार्टी नेतृत्वको सरकारले कानुन निर्माण तथा संरचनात्मक विकासमार्फत संविधान कार्यान्वयन अघि बढाएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















