काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि हस्तक्षेप भइरहेको आरोप लगाएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधान संशोधनलाई सत्ता स्वार्थको विषय नबनाउन आग्रह गरे ।
उनले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गरी सर्वोच्च अदालतका बहालवाला न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा नयाँ कार्यदल गठन गर्नुपर्ने बताए ।
आङ्देम्बेले आवश्यक सुधारका लागि संविधान संशोधन गर्न सकिने भए पनि संविधानको मूल मर्म र संवैधानिक संस्थाको गरिमामाथि प्रहार गर्न नहुने धारणा राखे ।
साथै, उनले व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















