images
images
  • ट्रम्पले लगाए ३ सञ्चारमाध्यममाथि प्रतिबन्ध, पत्रकारलाई ह्वाइटहाउस प्रवेशमा रोक

    काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही पत्रकारलाई रोक लगाएका छन् ।

    आफ्नो प्रशासनसम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारहरूलाई ह्वाइट हाउसमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेका हुन् ।

    राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका हुन् ।

    ती सञ्चारमाध्यमले आफ्नो प्रशासन र अमेरिकासम्बन्धी समाचार प्रकाशन गर्दा आफूले तथ्यपरक नठानेका सामग्री निरन्तर प्रकाशित गरेको आरोप लगाएका छन् ।

    उनले भविष्यमा अन्य सञ्चारमाध्यममाथि पनि यस्तै कदम चाल्न सकिने संकेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images