रसुवा- भोटेकोशी बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा बेपत्ता मजदुरमध्ये थप १८ जनाको शव फेला परेको छ ।
खोज तथा उद्धारका क्रममा दल्दुङ खोलास्थित अडिट–३ नजिक करिब १०० मिटरभित्रबाट शव निकालिएको प्रहरीले जनाएको छ ।
यसअघि बिहीबार ६ मजदुरको शव फेला परेको थियो ।
नेपाली सेना र आयोजनाका कर्मचारीले उद्धारकार्य जारी राखेका छन् ।
फेला परेका शवको पहिचान तथा सनाखत हुन बाँकी छ ।
बाढीका बेला सुरुङभित्र कति मजदुर प्रवेश गरेका थिए भन्ने यकिन विवरणसमेत अझै खुल्न सकेको छैन ।
२१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ आयोजना रसुवामा निर्माणाधीन छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















