images
images
  • रोनाल्डो जंगलमा मृत फेला

    चितवन- चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र आसपास बस्दै आएको जंगली भाले हात्ती ‘रोनाल्डो’ शनिबार बिहान मृत भेटिएको छ ।

    निकुञ्जका अनुसार २० हजारी ताल नजिकै कुमाल ताल क्षेत्रमा मृत अवस्थामा भेटिएको रोनाल्डोको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।

    करिब २४ वर्षअघि निकुञ्ज क्षेत्रमा देखिएको रोनाल्डो हात्ती प्रजनन केन्द्रका पोथी हात्तीबाट जन्मिएका ३८ वटा छावाको बाबु बनेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images