काठमाडौं– सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, जर्मनी, भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले गरेको निर्णयअनुसार प्रमुख देशमा नियुक्त हुने राजदूतहरूमा बेलायतका लागि गौरव राणा, जर्मनीका लागि सरु जोशी, भारतका लागि निश्चल नाथ पाण्डे, अमेरिकाका लागि चिरनजंग थापा र चीनका लागि कल्याण शर्मा रहेका छन् ।
सरकारले नियुक्त गरेका १३ राजदूत
बेलायत : गौरव राणा
जर्मनी : सरु जोशी
भारत : निश्चल नाथ पाण्डे
अमेरिका : चिरनजंग थापा
चीन : कल्याण शर्मा
बाँकी देशका लागि नियुक्त राजदूतको विवरण सरकारले औपचारिक रूपमा सार्वजनिक गरेपछि थप स्पष्ट हुनेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















