काठमाडौं– मन्त्रिपरिषद् बैठक बस्दैछ ।
उक्त बैठकले १३ देशका लागि नेपाली राजदूत सिफारिस गर्ने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठकले राजनीतिक कोटाअन्तर्गत १३ जनाको नाम विभिन्न देशको राजदूतमा सिफारिस गर्नेछ ।
स्रोतका अनुसार अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, इजरायल, दक्षिण कोरिया, अष्ट्रियालगायत १३ देशको लागि आज बस्ने मन्त्रिपरिषद्को बैठकले विभिन्न व्यक्तिको नाम राजदूतमा सिफारिस गर्नेछ ।
परराष्ट्र मन्त्रालयले २०८३ जेठ १४ गते एक सूचना प्रकाशित गर्दै रिक्त १३ देशका राजदूतको लागि आवेदन मागेको थियो ।
परराष्ट्रले अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रियाको लागि नेपाली राजदूत नियुक्त गर्न खुला आवेदन मागेको थियो ।


विश्व खबर 



















