images
images
  • कांग्रेस तीन टुक्रा बन्ने सम्भावना बलियो

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का दुवै पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने अडानमा देखिएका छन् ।

    कोइरालाले आफू कुनै पनि महाधिवेशन वा बैठकमा सहभागी नभई पार्टी एकताका लागि ‘बीचमा बसेर’ भूमिका खेल्ने बताएका छन् ।

    खड्का पनि पार्टी एकताका लागि संवादमा रहेर तटस्थ बस्ने मनस्थितिमा रहेको कांग्रेस नेताहरूको भनाइ छ ।

    महामन्त्री गुरू घिमिरेका अनुसार खड्का पार्टीलाई एक बनाएर अघि बढ्ने पक्षमा छन् र दुवै पक्षबीच संवाद जारी छ ।

    यसरी हेर्दा शेरबहादुर देउवा, गगन थापाको समूह विभाजन हुने सम्भावना देखिन्छ भने शेखर कोइराला र पूर्णबहादुर खड्का समूह दुवै समूहमा सहभागी हुने छैन ।

    यसैबीच सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, राजीवविक्रम शाह र रामहरि खतिवडालगायत नेताहरू सहभागी भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images