काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन र इतर पक्षले घोषणा गरेका दुवै महाधिवेशन रोक्न आग्रह गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले दुई महाधिवेशनले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्न सक्ने भन्दै मध्यमार्गी र विवेकपूर्ण समझदारी खोज्नुपर्ने बताएका हुन् ।
उनले आफूले विगतमा पनि समझदारीका लागि प्रयास गरेको र अहिले पनि त्यसैका लागि पहल गर्ने उल्लेख गरेका छन् ।
मध्यमार्ग कठिन भए पनि कांग्रेसका लागि यही सत्य र उचित बाटो भएको उनको भनाइ छ ।
कोइरालाले आफू आरोपित भइरहेको भए पनि कांग्रेस र नेपालको लोकतन्त्र सफल भएको हेर्न चाहने ‘सिपाही’ रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















