काठमाडौं– अमेरिकी प्रतिनिधिसभाले रुसमाथि आर्थिक दबाब बढाउने उद्देश्यसहितको प्रतिबन्धसम्बन्धी विधेयक पारित गरेको छ ।
‘लिन्डसे ओ. ग्राहम स्यान्कसनिङ रसिया एन्ड इरान एक्ट अफ २०२६’ नामक विधेयक २६२–१५९ मतले पारित भएको हो ।
यसअघि सिनेटबाट पारित भइसकेको विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरपछि कानुन बन्नेछ ।
विधेयकले रुसबाट तेल तथा ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म अतिरिक्त भन्सार लगाउन राष्ट्रपतिलाई अधिकार दिने व्यवस्था गरेको छ ।
यस्तो कर लगाउने वा नलगाउने निर्णय भने ट्रम्पकै अधिकारमा रहनेछ ।
विधेयकले रुसी तेल निर्यातमा प्रयोग हुने भनिएको ‘स्याडो फ्लीट’माथि समेत प्रतिबन्ध कडा बनाउने व्यवस्था गरेको छ ।
यसको प्रभाव रुससँग ऊर्जा व्यापार गर्ने चीन, भारतलगायतका देशमा पर्न सक्ने देखिन्छ ।
विधेयक पारित गर्ने क्रममा दुवै दलका सांसदबीच मतभेदसमेत देखिएको थियो ।
५८ डेमोक्र्याट सांसदले पक्षमा मतदान गर्दा सात रिपब्लिकन सांसद विपक्षमा उभिएका थिए ।
यो विधेयक सन् २०२५ अप्रिलदेखि अमेरिकी संसदमा छलफलमा थियो ।


विश्व खबर 



















