images
images
  • गगनको पक्षमा उभिए देउवा समूहका ५१ नेता

    काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

    बैठकमा निवर्तमान सभापति शेरबहादुर देउवानिकट ५१ जना निवर्तमान केन्द्रीय सदस्य सहभागी हुने भएका छन् ।

    हालैको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनबाट आएको कार्यसमितिसरह हैसियत दिने निर्णय गरेपछि बैठक बोलाइएको हो ।

    कांग्रेसका सहमहामन्त्री उदयशम्शेर राणाका अनुसार देउवानिकट ५१ नेतासहित १४औँ महाधिवेशनका केन्द्रीय सदस्य बैठकमा सहभागी हुनेछन् ।

    निवर्तमान सहमहामन्त्रीद्वय महालक्ष्मी उपाध्याय ‘डिना’ र किशोरसिंह राठोरलगायत नेता पनि सहभागी हुने बताइएको छ ।

    असोज ३ र ४ गते वडा अधिवेशन हुँदैछ ।

    यसपटक केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाइएकाले नेताहरूले वडा तहबाटै निर्वाचित भएर आउनुपर्नेछ ।

    राणाले संस्थापनइतर पक्षका माग सम्बोधन भइसकेकाले चुनदेवीमा बसिरहन आवश्यक नरहेको बताउँदै सबैलाई सानेपा आउन आग्रह गरेका छन् ।

    पार्टीलाई एकताबद्ध बनाएर सभापति गगन थापाकै नेतृत्वमा अघि बढ्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images