काठमाडौं– प्रतिनिधिसभाका विपक्षी दलहरू संसद् बैठकअघि छलफलमा जुटेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा बसेको बैठक दिउँसो १ बजे बस्ने संसद् बैठकका विषयमा केन्द्रित छ ।
बैठकमा भोटेकोशी बाढीपछिको राहत, उद्धार, अस्थायी आवास, पुनर्निर्माण र जलवायु न्यायका विषयमा छलफल भइरहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताए ।
यस्तै, भोटेकोशी बाढीबारे राष्ट्रिय तथा कूटनीतिक पहल गर्न रास्वपा सभापति रवि लामिछानेले संसदमा प्रस्ताव गरेको विशेष सर्वदलीय संसदीय समिति गठनबारे पनि छलफल हुने उनले जानकारी दिए ।
विपक्षी दलहरूले बढ्दो महँगी, ग्यास अभाव तथा जनजीविकासँग जोडिएका अन्य विषयमा पनि साझा धारणा बनाउने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















