images
images
  • प्रम बालेनले बोलाए मन्त्रिपरिषद् बैठक : बाढी प्रभावितको खोजी, उद्धार, राहत र पुनःस्थापनाबारे छलफल

    काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ः०० बजे बस्ने भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले बैठक बोलाएका हुन् ।

    बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

    यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीपछि सरकारका सबै संयन्त्र खोज, उद्धार, उपचार, राहत र प्रभावितको पुनःस्थापनामा निरन्तर जुटिरहेका छन् ।

    सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनःस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images