images
images
  • खुट्टा भाँच्ने मन्त्री, भुँडी बोकाउने सांसदलाई छुट दिने सहकारी ठग रविले साइबर बुलिङ गर्नेलाई कारबाही गर्लान् ?

    काठमाडौं– सहकारी ठगी मुद्दा झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि तुच्छ टिप्पणी, कटाक्ष वा साइबर बुलिङ गर्ने पार्टी सदस्यलाई तत्काल निष्कासन गरिने बताएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले विपद्मा पीडित नागरिकलाई होच्याउने अन्धसमर्थक नभई उनीहरूको पक्षमा उभिने सदस्य रास्वपालाई आवश्यक रहेको बताए ।

    उनले रास्वपाका कुनै पनि तहका सदस्य वा पदाधिकारी साइबर बुलिङमा संलग्न भएको प्रमाणित भए साधारण सदस्यसमेत नरहने गरी तत्काल कारबाही गरिने चेतावनी दिए ।

    लामिछानेले नागरिकको पीडा र आक्रोशलाई सामाजिक सञ्जालमार्फत गलत व्याख्या गर्ने तथा पीडितमाथि कटाक्ष गर्ने प्रवृत्ति रोक्न सरकारलाई पनि आग्रह गरे ।

    उनले यस्तो गतिविधिमा विज्ञप्तिमात्र नभई नागरिकले अनुभूति गर्ने गरी कारबाही गर्नुपर्ने बताए ।

    यद्यपि रास्वपा मन्त्रीले नै ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिने र विदेशी युवतीलाई भुँडी बोकाउने सांसदलाई कारबाही गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images