images
images
  • सरकार नपुग्दै श्रम संस्कृतिका श्रमदाता बाढीपीडितको उद्धारमा व्यस्त

    काठमाडौं– श्रम संस्कृति पार्टीका ३४ जना श्रमदाता केन्द्रीय सचिव प्रसाद राईको नेतृत्वमा रसुवा प्रस्थान गरेका छन् ।

    उनीहरू चारवटा क्यारियर गाडीमा जेनेरेटर, ड्रिल, टेन्ट, गैंती, बेल्चा तथा खाद्यान्नसहित रसुवा गएका हुन् ।

    भोटेकोशीमा आएको बाढीले सहायक पुङ खोलाको बेलिब्रिज र सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको टोलीले बुधबारदेखि नै बाटो खुलाउने काम गरिरहेको छ ।

    रसुवा पुगेपछि बाटो खुलाउने कामलाई थप तीव्रता दिने सचिव राईले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images