काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले आशा जगाए पनि काम गर्न नसकेको जेनजी अभियन्ताहरूले गुनासो गरेका छन् ।
अभियन्ता माजिद अन्सारीले घाइतेहरूको उपचारका लागि विशेष कानुन नबनाउँदा सरकारको नियतमाथि प्रश्न उठेको बताए ।
उनले राज्यले लापरवाही गरेको र आन्दोलनका मागलाई गम्भीरताका साथ नलिएको आरोप लगाए ।
अर्का अभियन्ता अजय सोडारीले सरकारको चरित्र, शैली र काम गर्ने ढाँचा नबदलिएको टिप्पणी गर्दै नातावाद र कृपावाद झन् बढेको बताए ।
उनले बन्दी रिहाई, सहिद परिवारलाई न्याय र भ्रष्टाचारीमाथि कारबाहीको माग पूरा नभएको गुनासो गरे ।
जेनजीहरूले माग गरेको उच्चस्तरीय संविधान सुधार आयोग नबनाई बहस कार्यदल मात्र बनाउँदा पनि असन्तुष्टि बढेको छ ।
अभियन्ताहरूले आशा नटुटोस् तर सरकारको दिशा सुध्रिनुपर्ने धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















