images
images
  • भोटेकोशी बाढी पश्चात् निष्क्रिय रविले संसद्‍मा बोल्दै

    काठमाडौं– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संसद्मा बोल्ने भएका छन् ।

    संसद्, सडक र सञ्जालमा विरलै देखिने रविले आज (बुधबार) संसद्मा बोल्ने भएका हुन् ।

    पछिल्लो समय रसुवास्थित भोटेकोशीमा गएको विनाशकारी बाढी पश्चात् रास्वपा प्रायः निश्क्रिय जस्तै छ ।

    बाढीपीडितहरूको उद्धार तथा राहत वितरणमा आफ्ना मन्त्री, सांसद, नेता तथा कार्यकर्तालाई खटाएको छैन ।

    यहीँ विषयलाई लिएर उनी र रास्वपा सरकारको व्यापाक आलोचना हुँदै आएको छ ।

    यसैबीच रविले संसद्मा बोल्ने उनको सचिवालयले जानकारी दिएको छ ।

    संसद् बैठक दिउँसो १ः०० बजे बस्ने संघीय संसद् सचिवालयले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images