images
images
  • सुखमा कुलमानलाई बाइपास, दुःखमा साथ खोज्दै प्रम बालेन

    काठमाडौं– प्रधानमन्त्री कुलमान घिसिङ र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा भेटवार्ता भएको हो ।

    रसुवा भोटेकोशी विनाशकारी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा देखेका समस्या र उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा उनले प्रधानमन्त्रीलाई लिखित र मौखिक सुझाव दिएका छन् ।

    भेटमा प्रधानमन्त्री बालेनले जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कसरी गर्ने भनी जिज्ञासा राखेको घिसिङले बताए ।

    उक्त विषयमा आफूले आवश्यक सुझाव दिएको र प्रधानमन्त्रीले जुनसुकै स्रोत परिचालन गरेर पनि उद्धार अघि बढाउने प्रतिबद्धता जनाएको घिसिङले जानकारी दिए ।

    यसअघि रास्वपा र उनेपाबीच एकता भएको दुई सातामै पार्टी विभाजन भएकोे थियो ।

    अहिले कुलमानको विज्ञताको खोजीमा बालेन बौरीएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images